पोखरामा तीज साँस्कृतिक महोत्सव हुने
पाेखरा | भदौ १६, २०८०
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा हरितालिका तीजको अवसरमा पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले आज शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै भदौ २५ देखि २७ गतेसम्म तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने जानकारी दिएको हो । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ ।
तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको उनले बताइन् ।
हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
महिला उद्यमशिलताको विकास, आर्थिक चलायमान, रोजगारी सिर्जना, समग्र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले महोत्सवको आयोजना गरिएको हो । आर्थिक मन्दीले थलिएको पर्यटन व्यवसायलाई माथि उठाउने लक्ष्य महोत्सवको छ । महोत्सव प्रवेशका लागि कुनै शुल्क नलाग्ने गिरीले उल्लेख गरिन् । निशुल्क नै तीज सांस्कृतिक महोत्सवको अवलोकन गर्न पाइनेछ । महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

